Tuesday, February 10, 2009

Dreams!!

Absolutely shocked I am with the dreams that I see these days. I am unable to explain but I go to a different world when I dream. Sometimes I doubt whether the dreams that I see will be true or not. I saw a dream in which I was requested by one of my old friend to spy against a person whom she was going to marry. Could you believe this, I have not met that friend since last three years and suddenly I see her in my dream.
One time I saw that I joined some rebel group and I am fighting against some other rebel group where I experienced death.
So dreams are dreams where we live our life after death I think.

Saturday, February 7, 2009

Luck!!


If we achieve something great or some fame we say it is our hard labor but if we fail we say it is our luck. Currently in the same situation and I don’t know what to blame my luck or my destiny. Thus sometimes I get depressed that does not have any meaning for me but still I love it. It takes some time to come out of it but I finally come out of it but now I have decided not to get depressed because I think we cannot change what we are destined to.

Monday, February 2, 2009

"एक सेर"

रक्सीको नशाले मातिएपछीको त्यो झमझम
शरीर नै लचकताको पराकस्ठामा पुगे जस्तो लाग्यो
तैपनि मलाई लगेको छैन...... अह पक्कै लगेको छैन
किन हो आज म भित्रको नशानै उर्लेर आएको हो कि ?
रत्तिभर छोएको छैन स्कच्,व्हिस्की,रम अनी भोड्का ले
यी सबै त मेरो घैटो मा, पसिगये खहरे खोला जस्तै
अन्द्रा को नालिबेलीमा
लडीरहेकाछन लाग्छ यी पदार्थहरु मेरो घैटोमा
त्यसैले त हल्का हावामा उडेजस्तो लगिरहेछ
अनी त्यसमाथी थपियो एउटा बियर
गर्जदै पस्यो त्यो घाटिको नलिदेखी अन्द्रासम्म
छप्लाङ,छुप्लुङ,छप्लाङ,छुप्लुङ
त्यो हर्लिक्स को प्रचर जस्तै
आज मलाई रक्सीले खान सकेन,अह सकेन
तर हल्लाएकोछ मलाई
सिर देखी पाउसम्म
अनी त डग्मगाएकोछ मेरो पाउहरु
लर्बराएकोछ मेरो आवाज
तर पनि............
हगी
मलाई पक्कै पनि लगेको छैन
थप्न मान लाग्यो खोया बिर्के
धेरै पनि हैन...............
हगी
मात्र एक सेर।

"बिढ्रोही"

बेकार को आशा,अनी डुब्न लागेको घाम
मान्छे को लास,अनी जल्न लगेको चिता
सकियो
सब खरानी भएको छ
हिजो,आज र भोली
सब सकिनेछ
बाँकी रहनेछ त केबल मसानघाट्
अनी ती मसान र मुर्खुट्टाहरु
जस्ले बलत्कार गरेको छ मेरो यो देशलाई
जस्ले नयङएकोछ मेरो मातृभूमीलाई
अपसोच,
म त खरानी भाईसकेको रहेछु, माटोमा मिसि सकेकोरहेछु
अरु को लागि लद्डा लद्डै
अरु को लागि रगत दिदादीदै
आफ्नै मातृभूमीलाई दिन सकिन
हे नेपाल आमाका सन्ततिहरुहो के तिमीहरु पनि खरानी भईसकौ त?
की बिर्सियौ आफ्नो देश लाई?
कसैले सिमाना मिच्दा किन तिमी आवाज उठौदैनौ?
कसैले तिमीलाई हेप्दा तिमी किन चुप रहन्छौ?
कि माया गर्न थालौ अमेरिका, ब्रिटेन, जापान र यूरोपलाई
छेपारो जस्तो रङ फेर्न पो थालौ कि?
नेपाली भन्दै बिदेशीपो भई सकौ कि?
नत्र भने आश किन मारछौ?

यो गौतम बुद्ध को देशमा
किन आशान्ती छ?
यो वीरहरुको देशमा
किन कायरहरु छन?
यो धर्मअत्मा र परोपकारीहरु को देशमा
किन लुटेरा र बिखन्डनबादीहरु छन?
कि हिटलर,माओ,चे,क्यस्त्रो,बुस वा लदेन चहिएकोहो, मेरो देश मा
हुनसक्छु तिनीहरु मध्य एक
अनी त्यो संगै आउने बिनाश र नरसम्हार् का दिनहरु

अझ
आश मार्न चाहदिन म
अझ
लास हेर्न चाहदिन म
अनी त चिनाउन चाहन्छु
आँफैलाई नेपाली भनेर
न कि "बिढ्रोही" भनेर।

Friday, January 30, 2009

लभ, पर्दै परेन

लभ, पर्दै परेन

कालीले I love u, भन्दै भनिन
खैरिनीले झन, गन्दै गनिन
Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो
South Indian जस्ती Ethiyopian देख्दा नि, तेस्रो नेत्र बलेकै हो
Department बेग्लै, भेट्नै गारो
त्यस्को English नि, बुझ्नै सारो
मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन ।
अनि त के पर्नु लभ, पर्दै परेन ।।

नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छ
Class जाउँ कालो face,बाक्लो जुँगै सस्तो छ
एक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै हो
कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो
Coffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ?
जानै मानेनि चुरोट तान्नेलाई, बा'ले बुहारी कसरी भन्लान् ?
यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन ।
आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।।

Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछ
ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछ
car को त कुरै छाडौं, Bike किन्न नि डलर मरु
Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ?
दिनहुँ नुहाई zatak नै छरे नि
खौरेर दारी, सिनित्तै परे नि
English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।
अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।।

यो कबिता मलाई मेरो साथीले पठाउनु भएको हो, राम्रो ब्यङ जस्तो लाग्यो र मेरो ब्लग मा समाबेश गरेको छु।

Thursday, January 29, 2009

"केही पनि बदलदैन यो देश मा, यस्तै हुँदै आएको थियो र हुनेछ। यहाँ तिमी सुरु गर उहा तिम्रो अन्त्य हुनेछ।"

-"यहाँ तिमी system लाई बादलने कोशीस गर system ले तिमीलाईनै बदल्छ, कुनै future छैन यो देश मा"
-"टाढा बसेर कमेन्ट दिनु सजिलो हुन्छ, अरुलाई गालीदिनु अझ सजिलो। यदी तिमीलाई यतिधेरै problem छ भने तिमी बदल यो देशलाई, यो तिम्रो पनि देश हो। Politics गर , Police मा भर्ती हौ, नराम्रा कुराहरुलाई बदल्ने कोशीस गर। तर तिमी गर्दैनौ किनकी घर को सफाईमा कस्ले हात मैले गर्ने होइन त ? हिम्मत छ भने अगाडि बढ बदल यो देशको फ्युचर। "
-"केही पनि बदलदैन यो देश मा, यस्तै हुँदै आएको थियो र हुनेछ। यहाँ तिमी सुरु गर उहा तिम्रो अन्त्य हुनेछ। "

माथिका यी सम्बद चलचित्र "रङ दे बसन्ती" बाट हो। तर यस् सम्बादले आज हाम्रो देश नेपाल को युवा जमातको पनि बिचारलाई पोख्दछ। देश को लागि केही गर्नु पर्दछ भन्ने सबैलाई लाग्दछ तर के गर्ने अनी कसरी गर्ने? जहाँ कुनै {rules and regulation } मान्य हुँदैन। कसरी बुझाउने सारा नेपालीहरुलाई कि फुटेर होइन जुटेर गये मात्र देश अगी बद्छ? अझै पनि देशका युवा हरु किताब माथि किताब पढीरहेका छन, किन जबकी देश मा बिकास को दियो पनि जल्न सकेको छैन? के बिदेश गएर दोस्रा दर्जाका नागरिक हुन र अरुको लागि पसिना बगाउनु को लागि पढेका हौ त हामीले?
हिजो हाम्रो पुर्खाहरुको रगतमा विश्व बिजेता बनेको ब्रिटिश साम्रज्य आज पनि गोर्खाली सेनाको रगत माथि राजनीति गर्दैछ। भिक्तोरिया क्रस र नागरिकता दिएर हाम्रा दाजु भाईहरुलाई अझै पनि दास बनाउन चाहन्छ। अनी अन्तरिक द्वन्द र कलह का कारण हाम्रा मान्छेहरु फसिरहेका छन त्यो प्रलोभनहरु मा। गर्नु के यो देश मा जहाँ कुनै चीज को पनि भर छैन, अनी बाँकी रहेका हामी युवाहरु कोही रोजगारी को लागि देश छाडदैछौ त कोही अध्यानको नाउमा सकेसम्म यो देश नाआउनेगरी पलायन हुँदैछौ। किनकी "यो सतीले सरापेको देश हो, यहाँ केही पनि हुनेवाला छैन", म पनि भन्न वाध्य भएको छु त्यस पात्रझै।

Wednesday, January 28, 2009

Pundicherry Visit


















We visited Pundicherry last week. It is one of the states of INDIA which is near to Tamilnadu and in the shore of Bay of Bengal. It was fun but the 5 hours bus ride was a bit of boring. We enjoyed the beach and the street festival that were going on there. Sad thing was that we went there without any reservation because of which it was very difficult to get a room any way we adjusted and had fun.