Saturday, February 21, 2009

"वीर नेपाली नै हौ त हामी ?"


अय्या, मरे आमा आयो
क्रन्दनले भरिएको आवाज कानको जाली छेडेर
तर रोकिएन त्यो गोली बारुदको बर्षात
को मर्यो? कस्लाई लाग्यो मतलब कसैलाई भएन
किनकी दुबै पक्षलाई आदेश छ कि मर्नु कि मर्नु
के यसैका लागि जन्मेका वीर नेपाली हौ त हामी ?

भेडासरी आदेश मानिरहेकाछन
गधासरी लडीरहेकाछन
यिनिहरु
तर के सोचेकाछन त ?
कि
आदेश दिने ती हाकिमहरुको घाटी एउटै छ भनेर
के यो कुरा नबुझ्ने वीर नेपाली हौ त हामी ?

जनयुद्ध,धर्मयुद्ध,क्रान्ति,लोकतन्त्र
सबै मान्छे मर्ने खेल हो,पर्यबाची छन एक आपस्मा
अनी
हामी के त
शायद लाज पचाउन नसकेका नकचराहरु
नत हामी कुनै युद्ध को अभिशाप बुझछौ,नत हामी कुनै क्रान्ति को मुल्य नै
के मुल्यहिन वीर नेपाली हौ त हामी ?

अरुको ईशारामा हात र मुख हल्लाउने
अनी आँखा चिम्लेर र दिमाग बन्द गरेर
अरुलाई बुइ चढाउने
धरातल भन्दा तल गिर्दा पनि थाहा नपाउने
अनी क्रान्ति को नारा भट्टाउने
वीर नेपाली नै हौ त हामी ?

Wednesday, February 18, 2009

"उपहास"


को कसका लागि ?
भगवान हाम्रा लागि की हामी भगवान का लागी
परम्परा को ज्यादै ठुलो आवाज उठाउछौ हामी
सस्क्रितीको ज्यादै माया छ हामीलाई
धर्म को ज्यादै वस्ता छ हामीलाई
त्येसैलेत रगत को भेल बगाउदै छौ
ती मुर्तीमा कुदिएका भगवानरुपी स्वरुपहरुलाई
खोइ दया माया हामीमा?

गरीबीको चक्कीमा पिसिएकाहरुलाई अझ गरीबी तिर ठेल्ने हाम्रो निती
असिक्षितहरुलाई अझ अध्यारोमा राख्ने हाम्रो निती
बिकासको मार्गहरुलाई बन्द गर्ने हाम्रो निती
अनी भन्छौ आफैलाई कती बिचरा छु आँफैलाई
भगवानलाई सम्झी अरुमाथि पाप गर्ने हामी दानबरुपी मानब हैनउ त?

अबिकासित बिकासे शिक्षा!
किताबहरुको पहाड घोकेर दिमागको मार्ग बन्द भईसकेकोछ हाम्रो
स्वतन्त्रता को रट लगाएर अरुको स्वतन्त्रता खोस्ने बानी भईसकेकोछ हाम्रो
हजारमा पाउने शिक्षालाई आज करोडौ तिर्न तयार छ मानसिक्ता हाम्रो
किनकी देशको मिठो पानी भन्दा बिदेशी को थुक मिठो लग्ने बानी परिसक्यो हाम्रो।।

हे भगवान !!
खोइ कहाँ छौ? भन्न मन लाग्छ मलाई
के तिमी राम हौ? के तिमी अल्लहा हौ? के तिमी जिजस हौ?
होइन भने किन तिम्रो नाउ मा एत्रो झगडा र राजनीति?
चुप बस्नु तिम्रो बानी होला
तर आजको युग मा उत्तर चहिएकोछ एउटा प्रश्न को
हामी किन लडीरहेका छौ ?
हिन्दू किन मुसल्मान म।र्छ,मुसल्मान किन क्रीस्चियन म।र्छ?
संसारमा धर्म किन मनबाता भन्दा अगाडि आउन थालेकोछ?
किन तिम्रो नाउको यत्रो उपहास भईरहेको छ?

Friday, February 13, 2009

About Love

Always try to love everyone, because nobody deserves to be hated.

Tuesday, February 10, 2009

Dreams!!

Absolutely shocked I am with the dreams that I see these days. I am unable to explain but I go to a different world when I dream. Sometimes I doubt whether the dreams that I see will be true or not. I saw a dream in which I was requested by one of my old friend to spy against a person whom she was going to marry. Could you believe this, I have not met that friend since last three years and suddenly I see her in my dream.
One time I saw that I joined some rebel group and I am fighting against some other rebel group where I experienced death.
So dreams are dreams where we live our life after death I think.

Saturday, February 7, 2009

Luck!!


If we achieve something great or some fame we say it is our hard labor but if we fail we say it is our luck. Currently in the same situation and I don’t know what to blame my luck or my destiny. Thus sometimes I get depressed that does not have any meaning for me but still I love it. It takes some time to come out of it but I finally come out of it but now I have decided not to get depressed because I think we cannot change what we are destined to.

Monday, February 2, 2009

"एक सेर"

रक्सीको नशाले मातिएपछीको त्यो झमझम
शरीर नै लचकताको पराकस्ठामा पुगे जस्तो लाग्यो
तैपनि मलाई लगेको छैन...... अह पक्कै लगेको छैन
किन हो आज म भित्रको नशानै उर्लेर आएको हो कि ?
रत्तिभर छोएको छैन स्कच्,व्हिस्की,रम अनी भोड्का ले
यी सबै त मेरो घैटो मा, पसिगये खहरे खोला जस्तै
अन्द्रा को नालिबेलीमा
लडीरहेकाछन लाग्छ यी पदार्थहरु मेरो घैटोमा
त्यसैले त हल्का हावामा उडेजस्तो लगिरहेछ
अनी त्यसमाथी थपियो एउटा बियर
गर्जदै पस्यो त्यो घाटिको नलिदेखी अन्द्रासम्म
छप्लाङ,छुप्लुङ,छप्लाङ,छुप्लुङ
त्यो हर्लिक्स को प्रचर जस्तै
आज मलाई रक्सीले खान सकेन,अह सकेन
तर हल्लाएकोछ मलाई
सिर देखी पाउसम्म
अनी त डग्मगाएकोछ मेरो पाउहरु
लर्बराएकोछ मेरो आवाज
तर पनि............
हगी
मलाई पक्कै पनि लगेको छैन
थप्न मान लाग्यो खोया बिर्के
धेरै पनि हैन...............
हगी
मात्र एक सेर।

"बिढ्रोही"

बेकार को आशा,अनी डुब्न लागेको घाम
मान्छे को लास,अनी जल्न लगेको चिता
सकियो
सब खरानी भएको छ
हिजो,आज र भोली
सब सकिनेछ
बाँकी रहनेछ त केबल मसानघाट्
अनी ती मसान र मुर्खुट्टाहरु
जस्ले बलत्कार गरेको छ मेरो यो देशलाई
जस्ले नयङएकोछ मेरो मातृभूमीलाई
अपसोच,
म त खरानी भाईसकेको रहेछु, माटोमा मिसि सकेकोरहेछु
अरु को लागि लद्डा लद्डै
अरु को लागि रगत दिदादीदै
आफ्नै मातृभूमीलाई दिन सकिन
हे नेपाल आमाका सन्ततिहरुहो के तिमीहरु पनि खरानी भईसकौ त?
की बिर्सियौ आफ्नो देश लाई?
कसैले सिमाना मिच्दा किन तिमी आवाज उठौदैनौ?
कसैले तिमीलाई हेप्दा तिमी किन चुप रहन्छौ?
कि माया गर्न थालौ अमेरिका, ब्रिटेन, जापान र यूरोपलाई
छेपारो जस्तो रङ फेर्न पो थालौ कि?
नेपाली भन्दै बिदेशीपो भई सकौ कि?
नत्र भने आश किन मारछौ?

यो गौतम बुद्ध को देशमा
किन आशान्ती छ?
यो वीरहरुको देशमा
किन कायरहरु छन?
यो धर्मअत्मा र परोपकारीहरु को देशमा
किन लुटेरा र बिखन्डनबादीहरु छन?
कि हिटलर,माओ,चे,क्यस्त्रो,बुस वा लदेन चहिएकोहो, मेरो देश मा
हुनसक्छु तिनीहरु मध्य एक
अनी त्यो संगै आउने बिनाश र नरसम्हार् का दिनहरु

अझ
आश मार्न चाहदिन म
अझ
लास हेर्न चाहदिन म
अनी त चिनाउन चाहन्छु
आँफैलाई नेपाली भनेर
न कि "बिढ्रोही" भनेर।