बेकार को आशा,अनी डुब्न लागेको घाम 
मान्छे को लास,अनी जल्न लगेको चिता 
सकियो 
सब खरानी भएको छ 
हिजो,आज र भोली 
सब सकिनेछ 
बाँकी रहनेछ त केबल मसानघाट्
अनी ती मसान र मुर्खुट्टाहरु 
जस्ले बलत्कार गरेको छ मेरो यो देशलाई 
जस्ले नयङएकोछ मेरो मातृभूमीलाई 
अपसोच, 
म त खरानी भाईसकेको रहेछु, माटोमा मिसि सकेकोरहेछु
अरु को लागि लद्डा लद्डै 
अरु को लागि रगत दिदादीदै
आफ्नै मातृभूमीलाई दिन सकिन 
हे नेपाल आमाका सन्ततिहरुहो के तिमीहरु पनि खरानी भईसकौ त?
की बिर्सियौ आफ्नो देश लाई? 
कसैले सिमाना मिच्दा किन तिमी आवाज उठौदैनौ?
कसैले तिमीलाई हेप्दा तिमी किन चुप रहन्छौ?   
कि माया गर्न थालौ अमेरिका, ब्रिटेन, जापान र यूरोपलाई 
छेपारो जस्तो रङ फेर्न पो थालौ कि?
नेपाली भन्दै बिदेशीपो भई सकौ कि?
नत्र भने आश किन मारछौ?   
यो गौतम बुद्ध को देशमा
किन आशान्ती छ?
यो वीरहरुको देशमा 
किन कायरहरु छन?
यो धर्मअत्मा र परोपकारीहरु को देशमा 
किन लुटेरा र बिखन्डनबादीहरु छन?
कि हिटलर,माओ,चे,क्यस्त्रो,बुस वा लदेन चहिएकोहो, मेरो देश मा
हुनसक्छु तिनीहरु मध्य एक 
अनी त्यो संगै आउने बिनाश र नरसम्हार् का दिनहरु 
अझ 
आश मार्न चाहदिन म 
अझ 
लास हेर्न चाहदिन म 
अनी त चिनाउन चाहन्छु 
आँफैलाई नेपाली भनेर 
न कि "बिढ्रोही" भनेर।
Subscribe to:
Post Comments (Atom)

1 comment:
निकै राम्रो भाव पोख्नुभयो किराँतजी!
Post a Comment