Wednesday, September 30, 2009

प्राचीन किरात ऐतिहासिक राष्ट्रिय सम्पदा

प्राचीन किरात ऐतिहासिक राष्ट्रिय सम्पदा

- बयान सिं राई

नेपाल लगायत भारतीय उपमहाद्विप समुन्द्र सतहसम्मको भू-भाग प्राचीन समयबाटै बसोबास गरी पुस्तौं-पुस्ता संर्घष्ा गर्दै र्सबप्रथम सर्वोच्च मानवीय चलन परम्पराको रीतिथिती र नीतिनियमको निर्माण गरी पालना गर्ने युगौंयुगदेखि प्राचीन किराँत जाति नै हो । यस बारेमा विविध विधाका विद्वान लेखकद्वारा लिखित इतिहास लगायतका विभिन्न विषयगत प्रसंगलाई लिएर लेखिएका ग्रन्थ लेख, रचनाहरूमा किराँत प्राचीन जाति हो भन्ने उल्लेख गरिएको प्रशस्तै पाइएका छन् । वर्तमान २१ औं शताब्दीको परिवेशसँगै निरन्तर अगाडि बढिरहँदा विकासशिल सन्घर्षपुण प्राचीन समयमा विश्वका जात-जाति विभिन्न समुदायले स्वाभाविक/अस्वाभाविक घटनाहरूबाट प्रभावित अवश्य हुनु परेको छ । प्राचीन समय सँगै क्रमशः राम्रा/नराम्रा घटनाहरू प्रशस्तै घटेका छन् । यस्ता घटनाहरूबाट जाति, समूह र समाजमा उथल-पुथलले कतिलाई उपलब्धि भयो भने कतिलाई आफ्नो वस्तु गुमाएर हानी नोक्सानीको स्थिती पनि सामना गर्नु पर्यो होला यो अध्ययन कै विषय रहेको छ । मानवीय चेतना राम्रो पक्ष हँुदाहुदै पनि कतिपय रगतको नाताले बढि जातिगत महत्वकाँक्षी हुनुले लोभ, लालचा, सुख, आराम, ऐस र स्वार्थलाई महत्व दिनुले यदाकदा विध्वंशकारी दैविक घटनाका कति प्रलय-महाप्रलयका घटनाहरू घटेका र घट्ने छन् । यी घटनाहरूको सामना गर्दै कतिले यिनै घटनाको सिकार हुनु परेको हुन सक्छ । यस्तै विविध कारणबस प्राचीन जाति किराँत पनि वर्तमान नेपालमा आज चिन्ताजनक र लोपन्मुख अवस्थाको अन्तिम मोडमा रहेको अवस्था छ । प्राचीन सभ्यताकै कारण प्राचीनबाट नै विश्वमा परिचित् यी प्राचीन किराँत जाति आज लोपन्मुख अवस्थामा के कारणले पुगे - जिज्ञासाको विषय बनेर रहेकोे छ किराँतहरुको बारेमा ।
प्राचीन किरातका बारेमा किथ(Keth)द्वारा लिखित ग्रन्थ (The Religious and Philosophy of Veda and Upaneshad) पृष्ठ २३१ मा उल्लेख गरिए अनुसार भारतीय उपमहाद्वीपमा आर्यवंशीहरु जब प्रवेश गरे त्यो बखत किरात अशुर प्राचीन जातीय सभ्यताको विकासबाट प्रभावित भएर किरात अशुर जात्रि्रति खुबै भक्तिभाव देखाई इश्वरीय शक्ति देव सरीको दैविक शक्ति मानी सम्मान गरेको कुराका बारेमा ऋगवेदमा उल्लेख भएको तथ्यलाई प्रस्टसँंग लेख्नु भएको छ । यो लेखाइबाट के स्पष्ट भएको छ भने भारतीय उपमहाद्विपमा आर्यवंशीहरु प्रवेश गर्न अगाडि नै प्राचीन किरात जातीय सभ्यताको पहिलो नमुना रहेको पुष्टि गर्दछ ।
इतिहासकार बालचन्द्र शर्माद्वारा लिखित नेपालको ऐतिहासिक रुपरेखा २००८ -पृष्ट ७६,७७) मा उल्लेख गर्नुभए अनुसार किरातहरूकै पालादेखि नेपालको मौलिक, आर्थिक, सामाजिक र धार्मिक जीवनको क्रम बसिसकेको प्रमाण पाइन्छ । यसकारण पौराणिक र अनुश्रुतिको जस्तैै अन्धकारले ढाकिए तापनि नेपालका प्रारम्भिक किराती राजाहरूको शासनकाल उपेक्षाको दृष्टिले हर्ेन सकिन्न । किरातहरूको शासन नै नेपाली संस्कृतिको उत्पत्तिकाल हो भनी उल्लेख गर्नुभएको छ । लेखक रामचन्द्र र्राईजी अहिले किरातहरू जे-जस्तो स्थितिमा छन् तापनि प्राचीन समयमा नेपाल र भारत खण्डमा किरातहरूले विभिन्न प्रकारको शासन व्यवस्थाहरू स्थापना गरी र्सवप्रथम मानव सभ्यताको विजारोपण गरेका थिए । त्यसै गरी मध्यपर्ूव मध्य एशिया, मिश्र तर्फपनि सभ्यताको बिगुल बजाएका थिए भनी "प्राचीन किराँतहरुले छाडेका सम्पदाहरु" -पृष्ठ २) मा उल्लेख गर्नु भएको छ ।
लेखक धुस्वाँ सायमीका अनुसार किरातहरुले विश्वमा मानव सभ्यताको विजारोपण गरेको हुनाले नै परम्परा अनुसार किरातहरुले नेपालमा र्सवप्रथम मानव सभ्यताको बिगुल फुकेको मान्नु पर्दछ । अर्को शब्दमा किरातहरुले अपनाएको धर्म र संस्कृति नेपाली संस्कृति धर्मको प्रवेशद्वार हो भनी उल्लेख गर्नु भएको छ। किरातबारे विभिन्न विद्वानहरूको तर्फा कुरा र्राई रामचन्द्रजीले प्राचीन किरातले छाडेका सम्पदाहरु पृष्ठ ३ लगायतमा समेट्नु भएको छ ।
"किरात धर्म तथा साहित्य उत्थान संघ शाखा कार्यालय झापाद्वारा प्रस्तुत प्रतिवेदन २०४६ वैशाख" पृष्ठ ८ मा लेखक काजीमान कन्दङ्वाको विश्व वाङ्मयमा किरातहरु शिर्ष लेखमा उल्लेख गर्नु भए अनुसार प्राचीन किरातका बारेमा जातीय, संस्कृति, धार्मिक, सामाजिक, ऐतिहासिक विभिन्न विद्याका ग्रन्थहरु जस्तै हिन्दु धर्म संस्कृत वाङ्मयमा बौद्ध धर्मका संस्कृत, तिब्बतीय तथा पाली वाङ्मयहरूमा चिनिया भाषामा लेखिएका धर्मग्रन्थ लगायत पौराणिक राजघरानाका विवरणहरूमा समेत कुनै न कुनै विषयमा प्राचीन किरातका बारेमा वर्ण्र्ाागरेको पाइन्छ । यस बाहेक पनि प्राचीन ग्रिक भाषामा लेखिएका विवरणहरू पेरिल्पिस, ल्पिनी, टोलेमी तथा मेगास्थिनिजहरूले लेखेर छाडेका ऐतिहासिक लिखित् प्रमाणहरूमा किरात जातिका बारेमा उल्लेख गरेको पाइन्छ । यसरी किरात जातिका बारेमा उल्लेख गरी लेखिनु भनेको यो आफैमा कुनै पनि संयोग नभएर किरातहरूमा भएको शिष्ट, भद्रता, नम्र र विवेकी व्यवहारकै कारण विद्वानहरूले उल्लेख गरेका हुन् भन्ने पुष्टि भएको पाइन्छ ।
प्राचीन जातिलाई किरात भनेर किराती शब्दको उच्चारण गरी यो नामले अङ्कति गरिनुको बारेमा पनि कुन ग्रन्थ वा वाङ्मयमा कस्तो शब्द प्रयोग गरी नामाङ्कति गरिएको छ । यस बारेमा पनि केही चर्चा गर्नु आवश्यक ठानी चर्चाका साथै प्राचीन समयदेखि क्रमशः समयको परिवेशमा देश-विदेशका विभिन्न भाषा संचार माध्यमबाट उच्चारण गरी किरात भन्नुमा आ-आफ्नो मातृभाषा संचार माध्यम अनुसार उच्चारण र अङ्कति गरेको पाइन्छ । यसरी नामाङ्कति गरिनु भनेको समय सापेक्ष तत्कालिन सम्वन्धीत देशका भाषा संचार माध्ययमका विद्वानहरु किरात जातिसँग सम्वन्ध सर्म्पर्क हुँदा किरात आफैमा विद्वानको नजरमा सकारात्मक वा नकारात्मक रूपको शर्ीष्ास्थ भूमिका निर्वाह गर्ने अवस्थाको रहेको हुँदा नै विभिन्न ग्रन्थहरूमा नामाङ्कति भएको पुष्टि निम्न ग्रन्थहरूमा उल्लेख हुनुले गर्दछ ।
संस्कृत भाषाको ग्रन्थहरू संस्कृत वाङ्मयमा किरात शब्द फरक-फरक पारी उल्लेख गरिएको पाइन्छ । जस्तो किरित, किराद, किरिती, किलात, किलोद, किलाल, किलाद, कैरात, चिलात, शिलात, कैलाद, केलाद, कनेत, किन्नर, किकर, कनौर, किम्पुरुष, यथती, निषद, सबर, यवन, कोल, बृषल, पुलिद, कोच, किकात, नागा, वल्हिक, चीन, शक, कम्वोज, पारद, खश, मागघ, दरद, मण्डन, यक्ष, पल्हब, हुण, नाग, पुल्कस, आन्ध, कुरु, कङ्क, तगन, गान्धार, तुरंगवन्दन, मयु, दशु, दाश, दानव, दैत्य, चण्डाल, वर्वर, राक्षस, भिल्ल, म्लेच्छ, असुर, शुद्र, अनार्य, कुब्ज, किर, वामन, सुराल, कित्र, बानर, बनेचर, निशाचर, ह्याग्रिब, गुह्यक जस्ता शब्दहरूबाट किरातको नामाकरण गरी उल्लेख गरिएको छ ।
क्रिश्चियन धर्मग्रन्थमा किरात भनि अङ्कति गरिदा यसरी अङ्कति गरिएको छ जस्तो करेटाइट चेरेथाइट, केरेती, किर्यात, किरियाट र किरजाथ उल्लेख गरिएको छ । तिब्बतीहरूले आफ्नो ग्रन्थहरूमा चोङ, रोङ र शोङ भनेका छन् भने चिनिया भाषाका ग्रन्थहरूमा कि.लो.तो. यूती, थूची, यीती शाई भनी लेखिएका छन् । अंग्रेजी भाषामा पनि चिरात किरात, कर्ेरट र शीलात भनेर नामाङ्कति गरेको छ । जराथष्टूको ग्रन्थमार् यजता' र ग्रीक ग्रन्थहरुमा किराँतलाई सिरादाई स्कार्इर्र्ाड सेरियादाई, केरोईट, किरादाई जस्ता शब्दबाट नामाङ्कति गरिएको छ । यीनै नामाङ्कनबाट पनि के प्रस्ट भएको छ भने प्राचीन जाति किरात प्राचीन समयबाट नै सभ्यताको शिखरमा रहेको कुरा पुष्टि भएको छ ।
विद्वानहरुको राय अनुसार मू-मध्य सागर क्षेत्रको माओवाइट भाषाका अनुसार किल्ला वा सहरलाई नामाङ्कन गर्दा किरियाथ भन्दथे । यही शब्द अपभ्रंस भएर किराती भयो भन्ने भनाई विक्रमजित हस्रत उल्लेख गर्नुहुन्छ "किरात तथा नेपाल नाम" पृष्ठ ५० । अर्का विद्वान इमानसिंह चेम्जोङको New Bebical Atlas Religious Trake Of Society London मा उल्लेख गर्नुभएको अनुसार प्राचीन समयमा मानव बस्ति रहेको क्षेत्रलाई गढ वा सहर भन्दथे । त्यस गढ वा सहरको माओवाइट भाषामा नामाङ्कति गरिदा जस्तो किरियात, किहर्यात वा किरजाथ भनिएकोमा अपभ्रंश भई किराँत हुन गएको उहाँको ठहर रहेको छ । "किरात इतिहास र संस्कृति" पृष्ट २ अनुवादक शेरबहादुर इङनाम लिम्बु प्रथम प्रकाशन २०५१ ।
डा. सुनिती कुमार चर्टर्जीका अनुसार विश्वमा किरात नाम चीन तिब्बती संस्कृत नाम रहन गएको भनी उल्लेख गरेका छन् । तर यस सम्बन्धमा विद्धान जिपी सिंह असहमत हुनुहुन्छ । किरातीहरू प्राचीन भारतको सुप्रसिद्ध जाति हुन् भन्दै संस्कृत साहित्यमा किरात नाम चीन तिब्बती जातिलाई नराखी भारतीय उत्पत्तिका जातिलाई राखिएको हो । कारण इसाको सुरुमा चीन तिब्बती वा बर्मी परिवारको कुनै पनि जातिका मानिसहरू किरात नामले भारतीय भू-भागमा प्रवेश गरेको ऐतिहासिक अभिलेख नभएको भन्ने भनाई रहेको छ भन्ने कुरा "किरात तथा नेपाल नाम" लेखक रामचन्द्र र्राईजीले पृष्ठ ४८, ४९ उल्लेख गर्नु भएको छ ।
विश्वको सानो भू-भाग ५४,७१८ वर्ग माइल क्षेत्रफल रहेको हिमाल, पहाड, तर्राई मिलेर बनेको यो सुन्दर देश, यो मुलुकको नाम नेपाल भनेर कसरी उल्लेख भयो - यस बारेमा विद्वानहरुको फरक तर्क रहेको छ तापनि प्राचीन समयमा काश्मीरदेखि कामरुप्पासम्म, भूटानदेखि मानसरोवरको दक्षिण-पश्चिम कैलाली नदीको किनारा हुदै सरयू नदीको किनारासम्म, मानसरोबरदेखि चीनसम्म र नगदेशदेखि महाचीन सम्म । प्राचीन किरात जातिहरू फैलिएर बसोबास गरेको यही भू-भागको नाम नेपाल थियो । रामचन्द्र र्राईजी उल्लेख गर्नुहुन्छ किरात तथा नेपाल नाम लेख पृष्ठ ५२ यो अध्यायनबाट पुष्टि के हुन्छ भने सुन्दर देश, नेपालको नाम प्राचीन किरातकालदेखि नै रहन गएको कुराको पुष्टि भएको पाइन्छ । यसै सर्न्दर्भलाई लिएर विद्वानहरू मध्येका डा. टिकाराम शर्माजी उल्लेख गर्नुहुन्छ प्राचीन संस्कृत वाङ्मयमा नेपाल शब्दको पर्यायको रूपमा किरात शब्द यत्रतत्र प्रयोग भएको दृष्टिगोचर हुन्छ । नेपाल शब्दको व्यूत्पत्ति बारे अनेक बिचार रहेको पाइन्छ । तापनि नेपाल शव्द किरातहरूको पर्यायबाची भएकोले यो शब्दको उत्पत्ति किरातहरूबाट नै भएको निश्चित छ । नत्र किरातहरूको पर्याय हुन नपर्ने हो । किरातहरू हिमाली खण्डका र्सवाधिक प्राचीन जाति हो । 'हिमवत् प्रदेश पनि नेपालको पर्यायवाची नै हुन पुगेको र पशुवत् क्षेत्र किन्नर देश आदि पनि नेपालकै पर्यायवाची शब्द हो भनि उल्लेख गरेको कुरा रामचन्द्र र्राईजीले ऐतिहासिक परिचय -लेख पृष्ठ ३) मा उल्लेख गर्नुभएको छ ।
लेखक यज्ञनाथ आचार्यजी "नेपालको संवैधानीक इतिहास" आफ्नो पुस्तकको अध्याय १ मा उल्लेख गर्दछन् । प्राचीन किरात राज्य कालमा न्याय प्रमुख किरात राजा नै हुने परम्परा रहेको हुँदा किरात कालिन राजा एहाङले र्सवप्रथम सामाजिक विधि व्यवहार विवाह जन्म-मृत्यु सम्वन्धित ऐन कानून निर्माण गराएका थिए भनि उल्लेख गरेका छन् । प्राचीन किरात राजा न्याय प्रमुख हुने कारण न्याय पालकबाट 'नेपाल’ शब्द यो देशको नाम रहन गएको यो लेखकको भनाइबाट पनि पुष्टि हुन्छ ।
११ औं शताब्दीका लेखक संस्कृत बैयाकरण विध पाणिनीको अनुसार नेपाल देशको नाम रहनुमा दर्ुइ कारण मध्य एउटा कारण यस्तो रहेको छ । नय±पालÖ न्यायद्वारा पालिएको देश हुनाले 'नयपाल' भनेर नाम रहन गएको र त्यसैको आधारमा यो देशको नाम नेपाल हुन गएको हो । -नयन पाल्यते यः सनयपाल) यसरी पाणिनीले समेत नेपाल नाम रहनुमा एउटा कारण यस्तो रहेको बताएका छन् । अन्य कुरामा सोचाई राखी भौतारीरहनु अनावश्यक हुन जान्छ । पाणिनीले सही बाटो उल्लेख गर्नुभएको छ । किरात शब्द मात्रै संस्कृतको उल्लेख गराइमा छुटाउन भएको छ । यस बारेमा रामचन्द्र र्राईजीले पनि "किरात तथा नेपाल नाम" पृष्ठ ५७ मा उल्लेख गर्नुभएको छ ।
केही विद्वानको भनाइमा भू-मध्य सागरको आसपासमा किरातको उत्पत्ति भई नेपाल लगायतका भारतीय उपमहाद्विपमा आएका हुन् भन्ने कुरामा किरात जनश्रुतिको आधारबाट यो भनाइप्रति धेरै विद्वानहरु असहमत रहेका छन् । कारण मुस्तेर मानव -नियान्डरथल) हैडलवर्ग मानव नेपाल खण्डबाट नै अन्य मुलुकमा गएको सम्वन्धमा किरातहरुको पुरातात्विक प्रमाणले यसको पुष्टि गर्दछ । जस्तो कावुलका हैजर जाति, पञ्जावका राजकिरात जाति, कुमाउ गढवालका खस किरात जाति, आसामका नागा, कुकी, मिस्मी मीरी, मिजो जाति, बर्माका काचिन, मोङ जाति, लावसका खसवो जाति, भियतनामी खमेट जाति, कम्बोडियाको खम्बे-खमेर जाति यी सवै प्राचिन किरात जाति भएको कुरा "किरात संस्कृति"- "रोदुङ रिलूङ" २०६२ पृष्ठ २८ मा बयान सिं र्राई उल्लेख गर्नुहुन्छ । यतिका संख्यामा फैलिएका किरातहरु कहाँ छन् भन्ने बारेमा समय गतिशिल भई रहने हुँदा भारतीय उपमहाद्विपमा जब भारोपेली आर्यवंशीको प्रवेश सगै क्रमशः वर्ण्ााश्रम नियामन अथवा नियन्त्रणका कारण किरातहरू कति त्यसैमा बिलय हुदै गए । अन्य देशमा गएकाहरू पनि त्यही देशको प्रभावबाट किरात उल्लेख गर्न छाड्दै गए । नेपालमा पनि वर्ण्ााश्रम व्यवस्थाको प्रभाव किरात भाषा धर्म, संस्कृति नै उथलपुथल हुने गरी पर्न गयो । यसको पुष्टिबारे इतिहासकार बालचन्द्र शर्माजीको केही हरफबाट पुष्टि हुनेछ ।....... भारोपेली भाषाको आधार संस्कृत नै हो । .....१८ औं शताब्दीको अन्तमा नेपाल राष्ट्रको उदय भएपछि यही भाषा सम्पर्ूण्ा देशको राष्ट्र भाषा भयो । अंग्रेज लेखकहरूले भ्रमवश यस भाषालाई खस्कुरा भनेका छन् -पृष्ठ ४३) ।....... भारतबाट सुरक्षाको निमित्त पहाड आश्राम लिन पस्ने प्रथम सुसंस्कृत जाति यही नै भयो -पृष्ठ ४४ ।..... किरातहरू आर्य जातिका नभएता पनि पछि राज्य विस्तार हुँदै गएर यिनीहरू अधिककालसम्म आर्यहरूको निकट सर्म्पर्कमा रहदा पारस्परिक प्रभाव अवश्वंभावी भयो -पृष्ठ ३५) ।...... चौधौं शताब्दीको प्रारम्भको लगभग सवर्ण्र्ााहन्दु जातिको प्रवेश पनि यसै क्रम अनुसार भएको हो र अध्यावधी यसैको हातमा नेपालको शासन छ । -पृष्ठ ४५) "नेपालको ऐतिहासिक रुपरेखा" २००८ । उक्त उल्लेखित हरपहरूले १४ औं शताब्दीको समयमा नेपालमा सवर्ण्र्ााहन्दु जातिहरू सुरक्षाको लागि पसे । भारोपेली भाषाको आधार संस्कृत रहेको भाषा । १८ औं शताब्दीको अन्तमा नेपाल राष्ट्रको उदय हुनको साथै यही भाषा सम्पर्ूण्ा देशमा राष्ट्र भाषा भयो । यहाँका प्राचीन किरात भाषाहरूलाई दमन गरियो । यसै कारण आज पनि यीनै सवर्ण्र्ााातिको हातमा नेपालको शासन रहेको छ । किरातहरु आर्य जातिको नभए पनि आर्यको सर्म्पर्कमा रहनुले किरातहरू बिस्तारै हिन्दुमा बिलय भए । यसै कारण कतिले आफ्नो पहिचान जन्य गौरवपर्ूण्ा अस्तित्व नै भूलेर आफूलाई तामाङ, गुरुङ, नेवार, हायू, ज्यापु मगर, सुनुवार, थारु, धिमाल, थकाली, दनुवार, मेचे, कोचे, राजवंशी, शर्ेपा, लेप्चा, भोटे जस्ता जातिमा पहिचान गराउदै आएका छन् । उल्लेखित जातिहरु सबै किरात परिवारको भएको कुरा जानकारी हुँदा पनि वर्तमान समयमा र्राई, लिम्बु जातिले मात्रै किरात आफ्नो पहिचान हो भन्ने गरेका छन् । प्राचीन समयदेखि प्राचीन जाति किरातको भाषा माध्यम भई रहेकोमा भारोपेली भाषा संस्कृत भाषाको आधारमा नेपाली भाषा भनेर सम्पर्ूण्ा राष्ट्रको काम काजी भाषा सञ्चार माध्यम भाषा बनाइनुले अन्य भाषा अतिक्रमणमा पर्नुको साथै हिन्दु आर्यकरणमा पारिएको छ । जसले गर्दा किरात संस्कार, संस्कृति र भाषामा ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था रहेको छ । प्राचीन किरात विधि परम्परा संस्कृति र भाषा कति लोप भईसकेका छन् भने कति लोप हुदैछन् ।
प्राचीन किरात भाषा संस्कृति परम्परा र सभ्यताको पर््रवर्तक तथा प्रतिपादक मध्यका किरात स्त्री र पुरुषहरूको किरात भाषामा नाम यसप्रकार रहेको छ । स्त्री जातिका नाम मामा चीनीमा रीबेमा, रीबीउमा, नाईमा, नायम्, सुम्नीमा, माछाकमा, दाकहँमा, चाख्रधीम्मा, तोयमा, तँयामा, तुवामा, तायामा, खीयामा, लेहेना रहेका छन् भने पुरुष जातिको नाम पापारबीया, रीकपा, सालापा, पारुहँ, पारुहाँङ, बूसीरीहँ वाछाप्पाहँ छोछाप्पाहँ, मकम्बुङ, हर्कबूङ, रिवलबूङ पालीम्पाह, वाच्योङाहँ, रक्षकुपाह, ह्याक्षाकूपाह, खोचेलीपाहँ, पातीसूङहँ र्रइधीपाहँ जस्ता किरात नामहरू हुन् । उपरोक्त किरात नामहरू" इपर्ूइखाङो, रीलूङमो, चाम्लिङ,त्यतिची" "उत्पति र परम्पराका चाम्लीङ मीथकहरु" २०५५ -१९९८) पृष्ठ २८,३६,३७,६८ लगायत किरात परम्पराको "रिसीयाहरु" साथै "रोदूङ रीलुङ "किरात संस्कृति" २०६२ भदौ पृष्ठ ८५ लागायत दर्ुइ भाषामा प्रकाशित बयानसिं र्राईद्वारा संकलन र लेखन गर्नुभएको पुस्तकमा उल्लेख गर्नुभएको छ । किरातहरूले बोल्ने तिब्बती बर्मी भाषाका मूलशब्दहरू प्राय मिल्दछन् तापनि बसोबास अन्तरका कारण भूगोलको प्रभावले भाषामै विस्तारै अन्तर परेको पाइन्छ । जब भारोपेली आर्य संस्कृति भाषाको एकाधिकार बढ्दै गयो । तबदेखि नेपालका प्राचीन किरात भाषामा बोल्न, लेखपढ गर्न समेत भारोपेली आर्य संस्कृत भाषा वक्ता शासकबाट प्रतिबन्ध लगाएको बारेमा तत्कालिन नेपालको मुलुकी ऐन यसको प्रमाण रहेको छ । यसरी प्रतिबन्ध गरिनुमा सायद "इटालिका नेता मेजिनिको भनाई अनुसार कुनै पनि राष्ट्र वा जातिलाई सदासदाको लागि समाप्त गरी मेट्नु छ भने उनीहरूको आफ्नो भाषा परम्परा संस्कृति र इतिहास मेटिदिने उपायको रचना गर तब बिस्तारै सदा-सदाको लागी त्यो राष्ट्र वा जाति स्वतः जिउँदै मरेतुल्य समाप्त भई मेटिनेछ" । यही बिचारबाट प्राचीन किरात लगायतका नेपालका प्राचीन भाषा मेटाउन यो नीति अपनाएको त थिएन - यसबारेमा गम्भीर सोच विचार गर्न अति जरुरी भएको छ ।
विद्वान चिन्तामणी दाहालजी लेख्नुहुन्छ- किरात शासनकाल एकप्रकार ऐतिहासिक दृष्टिबाट अन्धकारमय रहेको छ । किरातहरू शिवभक्त भएकोले पशुपतिको पूजाको काम त्यसबेला पनि गरिन्थ्यो । पशुपति मन्दिर र त्यसको नाम पछी पशुपति भएको हो । भनिन्छ मंगोल द्रविड र अस्टि्रकबाट महादेवको पूजा गर्ने कुरा आर्यहरूले सिकेका हुन भनेर 'किरातहरूको राजनैतिक इतिहास संक्षिप्त परिचय' लेखको लेख नामशाम स्मारिका अंक २०५१ पृष्ट २८ मा उल्लेख गर्नु भएको छ । चिन्तामणि जीको भनाइमा कति सत्तेता छ - कि किरातको इतिहास अन्धकारमय रहेको छ भनि अन्ने विषयमा पनि उल्लेख गर्नु भएको छ । जब भारतीय उपमहाद्विपमा भारोपेली आर्यहरू इरान इराकतिरबाट आउन अगाडि नै नेपाल देखि भारतीय उपमहाद्विप समूद्र सतहसम्म किरातहरूले विभिन्न प्रकारले राज्य स्थापनाका साथै शासन गरी किरात सभ्यताको विकास गराएका थिए जुन कुरा स्वतःसिद्ध रहेको विद्वानहरूबाट पुष्टी गरिएको छ ।साथै मध्यपर्ूव, मध्य एशिया मिश्रसम्म पनि किरात सभ्यताको प्रचार भैसकेको कुरा माथी उल्लेख गरिएको छ । किरातकाल प्राचीन भएकोले पशुपतिको पूजा गरीएको भन्ने बारेमा दुइमत छैन । तर किरातकालीन पूजा विधि, किरात विधि कै हुन सक्दछ । जो आज पशुपतिमा भई रहेको पूजा विधि हिन्दु आर्य विधिबाट भइरहेको छ । किरातहरू शिब भक्त भएको भन्ने कुरा सत्य होइन प्राचीन किरात व्यक्ति वा मर्ूर्ति पूजक नभई प्रकृति भक्त र प्रकृति पूजक हुन । किरात भाषाको "रीसीया" मुन्दुम मा व्यक्ति र मर्ूर्ति पूजा जस्तो शिवजी पार्वती, महादेव, गणेश, दर्ुगा, सरस्वती, राम, कृष्ण, सीताको पूजा नै गरिन्न । मंगोल, द्रविड र अस्टि्रकबाट महादेवको पूजा गर्ने कुरा आर्यहरूले कुन कारणबाट सिके जबकी किरात परम्परामा मर्ुर्तिपूजा, व्यक्ति पूजा गर्ने चलन छैन । किरातहरु प्राचीन शिष्ट, नम्र, भद्र, कुलीन र Oxford Dictionary अनुसार Semite समिइट मंगोल नश्लका वंश मानेको पाइन्छ । प्राचीन किरातले आफ्नो परम्परा अनुसार आकाश, वायु, पृथ्वी तिनै मण्डलको साथै अन्य प्रकृति र पितृ बारेको पुजा किरात विधि र "रीसीया" मुन्धुमबाट बखानी गर्ने प्राचीनबाट नै गरी आएकोे छ ।
प्राचिन नेपालको ऐतिहासिक माझ किरात भनेर चिनिने पहाड र हिमाल क्षेत्र, सोलु, ओखलढुङ्गा भोजपुर र खोटाङ्ग जिल्लाहरू समेत पनि पर्दछन् । खोटाङ जिल्ला अर्न्तर्गत रहेका प्राचीन किरातबाट अपनाई आएको 'हलेसीथान', 'हँलेसी थेम र तँयाचुङ तुवाचूङ जायजुम' सीकीसीली, पोरीसीली ङो याकुहालाम्' जस्ता किरात ऐतिहासिक परम्पराका कला, संस्कृति, उद्योग र कृषि जस्ता प्राचीनको श्रृजनशील क्षेत्र करिब अढाइ सयवर्षेखि ओझेलमा परिरहेको छ । यस्तो अवस्थामा जिल्लाबासी प्राचीन किरातका सन्ततिहरू बाट साकेला, चासिमसीली लगायत अन्य कार्यक्रमका साथ कृषक, व्यापारी, शिक्षक, विद्यार्थी, समाजसेवी, जनप्रतिनिधि, युवा, प्रशासन, प्रहरी र कर्मचारी समेतको तर्फाट २०६६ जेठ १५ गतेका दिन हलेसी तुवाचुङ जायजुम" महोत्सव "दोस्रो र संघीय लोकतान्त्रीक गणतन्त्र दोस्रो राष्ट्रिय महोत्सव" कार्यक्रम जिल्लाबासीले एक साथ "हलेसी तुवाचुङ, जायजुम" उद्गम स्थलमा सम्पन्न गरेर नयाँ उत्साह उजागरको थालनी गरेको छ । अब यस माझ किरात क्षेत्रको बारेमा सरकार गम्भीर भएर विकास निर्माण कार्यका लागि चाँडो भन्दा चाँडो योजना तर्जुमा गर्न लाग्नु पर्दछ । यसका साथै प्राचीन किरातका सन्ततिहरू लगायतका त्यस क्षेत्रका सम्पर्ूण्ा बहुजातजातिका दाजुभाई दिदीबहीनीहरूले पनि आफ्नो क्षेत्रको विकासका बारेमा एक-आपसमा स्वयं गम्भिर भई एक भएर लाग्नु पर्दछ । जसले गर्दा विद्युत विजुली, मोटरको बाटो पिउने पानी जस्ता आधारभूत आवश्यकताको पर्ूर्ति चाँडो भन्दा चाँडो गर्न सकियोस् । यी आवश्यकताहरू क्रमशः पुरा गराउदै जानको लागि सबैले सचेत भएर मन, बचन र कर्मले एक भई मिलेर अगाडि बढ्नु नै शान्ति र विकासका बारेमा माझ किरात क्षेत्रबासीबाट पनि आफ्नो क्षेत्र विकासमा यसरी सहयोग पुर्याउनुले राष्ट्रका ओझेलमा पारिएका 'प्राचीन किरात ऐतिहासिक राष्ट्रिय सम्पदा' नेपालका निधीसरिका 'हलेसी, तुवाचुङ्, जायजुङ' जस्ता पर्यटकीय क्षेत्र आझेल मुक्त भई यसले राष्ट्रको सामाजिक, शैक्षिक, आर्थिक र राजनैतिक उत्थानमा नै महत्वपर्ूण्ा योग्दान र ठुलो उपलब्धीपर्ूण्ा सहयोग पुग्नेछ ।

Sunday, September 13, 2009

सिजन

बातावरण नै चिसो बनाउने सिरेटो कसलाई मन पर्छ र ?
पुष माघ को हुस्सु लाग्ने नमिठो जाडो कस्लाई मन पर्छ र ?
सित ले भरिपूर्ण बाटो भए पनि , आफुले बोकेको मिठो सपना कहाँ भुल्नु हुन्छ र ?
मिर्मिरे उज्यालो सँगइ फुल्दै गरेको कोपिला कहाँ चुड्नु हुन्छ र ?

समय समय नै हो यस्लाई कहाँ भुल्नु हुन्छ र ?
समयलाई छाडेर टाढा कहाँ जानु हुन्छ र ?
एक्पटक चकनाचुर भईसकेको सिशा कहाँ जोड्नु मिल्छ र ?
हात बाट उम्केको समय फेरी कहाँ पाईन्छ र ?

घाम सदा स्थिर कहाँ रहन सक्छ र ?
बसन्त को सुन्दरता कस्लेपो पाउन सक्छ र ?
मन भित्र भएको अशिमित चाहना कसले पो पुर्ती गर्न सक्छ र ?
चाहना नै चाहनाले भरिएको मन कहिले खाली हुन्छ र ?

साथी बिना जीवन कसरी चल्न सक्छ र ?
दु:ख बिना सुख को अनुभुती कहाँ हुन्छ र ?
सुख छढि मानिस किन दु:ख खोज्छ र ?

संघर्ष नगरि सफलता कहाँ हासिल गर्न सकिन्छ र ?
जीवन को अन्त्यसम्म कस्ले पो साथ दिन सक्छ र ?
साथी त हरेक कदममा फेरिन्छ, तर हाम्रो मन कहाँ फेरिन्छ र ?
जीवन को यात्रामा फेरी कहाँ भेट हुन्छ र ?
२०५६-११-२७
मैले कबिता लेख्ने प्रयास गर्दा दिमागमा आएको शब्द र मन मा आएको भाबनाहरुको जोड जाड।
यो मैले मेरो साथी लाई समर्पित गरेर लेखेको शब्द हरु हुन।