Sunday, September 13, 2009

सिजन

बातावरण नै चिसो बनाउने सिरेटो कसलाई मन पर्छ र ?
पुष माघ को हुस्सु लाग्ने नमिठो जाडो कस्लाई मन पर्छ र ?
सित ले भरिपूर्ण बाटो भए पनि , आफुले बोकेको मिठो सपना कहाँ भुल्नु हुन्छ र ?
मिर्मिरे उज्यालो सँगइ फुल्दै गरेको कोपिला कहाँ चुड्नु हुन्छ र ?

समय समय नै हो यस्लाई कहाँ भुल्नु हुन्छ र ?
समयलाई छाडेर टाढा कहाँ जानु हुन्छ र ?
एक्पटक चकनाचुर भईसकेको सिशा कहाँ जोड्नु मिल्छ र ?
हात बाट उम्केको समय फेरी कहाँ पाईन्छ र ?

घाम सदा स्थिर कहाँ रहन सक्छ र ?
बसन्त को सुन्दरता कस्लेपो पाउन सक्छ र ?
मन भित्र भएको अशिमित चाहना कसले पो पुर्ती गर्न सक्छ र ?
चाहना नै चाहनाले भरिएको मन कहिले खाली हुन्छ र ?

साथी बिना जीवन कसरी चल्न सक्छ र ?
दु:ख बिना सुख को अनुभुती कहाँ हुन्छ र ?
सुख छढि मानिस किन दु:ख खोज्छ र ?

संघर्ष नगरि सफलता कहाँ हासिल गर्न सकिन्छ र ?
जीवन को अन्त्यसम्म कस्ले पो साथ दिन सक्छ र ?
साथी त हरेक कदममा फेरिन्छ, तर हाम्रो मन कहाँ फेरिन्छ र ?
जीवन को यात्रामा फेरी कहाँ भेट हुन्छ र ?
२०५६-११-२७
मैले कबिता लेख्ने प्रयास गर्दा दिमागमा आएको शब्द र मन मा आएको भाबनाहरुको जोड जाड।
यो मैले मेरो साथी लाई समर्पित गरेर लेखेको शब्द हरु हुन।

No comments: