Monday, February 2, 2009

"एक सेर"

रक्सीको नशाले मातिएपछीको त्यो झमझम
शरीर नै लचकताको पराकस्ठामा पुगे जस्तो लाग्यो
तैपनि मलाई लगेको छैन...... अह पक्कै लगेको छैन
किन हो आज म भित्रको नशानै उर्लेर आएको हो कि ?
रत्तिभर छोएको छैन स्कच्,व्हिस्की,रम अनी भोड्का ले
यी सबै त मेरो घैटो मा, पसिगये खहरे खोला जस्तै
अन्द्रा को नालिबेलीमा
लडीरहेकाछन लाग्छ यी पदार्थहरु मेरो घैटोमा
त्यसैले त हल्का हावामा उडेजस्तो लगिरहेछ
अनी त्यसमाथी थपियो एउटा बियर
गर्जदै पस्यो त्यो घाटिको नलिदेखी अन्द्रासम्म
छप्लाङ,छुप्लुङ,छप्लाङ,छुप्लुङ
त्यो हर्लिक्स को प्रचर जस्तै
आज मलाई रक्सीले खान सकेन,अह सकेन
तर हल्लाएकोछ मलाई
सिर देखी पाउसम्म
अनी त डग्मगाएकोछ मेरो पाउहरु
लर्बराएकोछ मेरो आवाज
तर पनि............
हगी
मलाई पक्कै पनि लगेको छैन
थप्न मान लाग्यो खोया बिर्के
धेरै पनि हैन...............
हगी
मात्र एक सेर।

2 comments:

Unknown said...

Hi kirat jee I really glad to see your site, and all your feelings which you droped over the blog, it's hugable, i would like to sugest you as a friends if you change the layout its will be more beautiful and easy too read your articles. Thank you and keep it up.

ThE KiRaT said...

thank you dumangmali ji.....