Saturday, February 21, 2009

"वीर नेपाली नै हौ त हामी ?"


अय्या, मरे आमा आयो
क्रन्दनले भरिएको आवाज कानको जाली छेडेर
तर रोकिएन त्यो गोली बारुदको बर्षात
को मर्यो? कस्लाई लाग्यो मतलब कसैलाई भएन
किनकी दुबै पक्षलाई आदेश छ कि मर्नु कि मर्नु
के यसैका लागि जन्मेका वीर नेपाली हौ त हामी ?

भेडासरी आदेश मानिरहेकाछन
गधासरी लडीरहेकाछन
यिनिहरु
तर के सोचेकाछन त ?
कि
आदेश दिने ती हाकिमहरुको घाटी एउटै छ भनेर
के यो कुरा नबुझ्ने वीर नेपाली हौ त हामी ?

जनयुद्ध,धर्मयुद्ध,क्रान्ति,लोकतन्त्र
सबै मान्छे मर्ने खेल हो,पर्यबाची छन एक आपस्मा
अनी
हामी के त
शायद लाज पचाउन नसकेका नकचराहरु
नत हामी कुनै युद्ध को अभिशाप बुझछौ,नत हामी कुनै क्रान्ति को मुल्य नै
के मुल्यहिन वीर नेपाली हौ त हामी ?

अरुको ईशारामा हात र मुख हल्लाउने
अनी आँखा चिम्लेर र दिमाग बन्द गरेर
अरुलाई बुइ चढाउने
धरातल भन्दा तल गिर्दा पनि थाहा नपाउने
अनी क्रान्ति को नारा भट्टाउने
वीर नेपाली नै हौ त हामी ?

2 comments:

Anonymous said...

तेश्रो अनुच्छेद चित्त बुझ्दो लाग्यो

Anonymous said...

Reminded me of Bhupi Sherchan’s

aayo Gorkhali Bhandai

Goru khali Bandai