Sunday, January 4, 2009

रिस

रिस, आबेग, क्रोध वा अन्य केही, पक्कै पनि यो शब्दहरु नयाँ होइनन। हामी सबैमा यिनीहरु पर्याप्त मात्रा मा हुन्छ। अनी भर पर्छ प्रकत गर्ने तरिका मा। मलाई ज्यादै रिस उठ्छ किन किन बिना कारण पनि, अनी कारण पये भने त झन धेरै। भन्छन नि "रिस खा आफु, बुद्धी खा अरु" थाहा छ मलाई तर के गर्नु रिस ले आँखा देख्दैन। जब रिस उठछ तब आवाज काप्न थालछ, अनुहार मा रगत जेम जस्तो हुन्छ। रोक्न खोज्छु म रिस लाई तर म भन्दा बलियो निस्किन्छ, के गर्नु? चहिने ठाउमा रिस पोक्न सकिएको छैन। भन्छन नि "घर को बाग बाहिर को स्याल" तेस्ताइ लाग्छ आफु पनि। कती चोटि नरिसाउने भनेर सोचाइ राख्छु तर फेरी केहीदिन पछी जस्ता को तेस्ताइ। भन्छननि "कुकुर को पुछर १२ बर्ष ढुङ्रो मा रख्यो बाङा को बाङै"। अब चाँही यो रिस लाई रोक्नै पर्छ होला जस्तो छ। कहिले कही यस्तो लाग्छ कि रिस उठदा किन मान्छे को अनुहार बाट हासो हराएर जान्छ। हासी हासी रिस किन न उठने होला? जस्ताइ हा हा हा हा ..... मलाई रिस उठेको छ कृपया नजिक नाउनु होला।

No comments: