Thursday, January 29, 2009

"केही पनि बदलदैन यो देश मा, यस्तै हुँदै आएको थियो र हुनेछ। यहाँ तिमी सुरु गर उहा तिम्रो अन्त्य हुनेछ।"

-"यहाँ तिमी system लाई बादलने कोशीस गर system ले तिमीलाईनै बदल्छ, कुनै future छैन यो देश मा"
-"टाढा बसेर कमेन्ट दिनु सजिलो हुन्छ, अरुलाई गालीदिनु अझ सजिलो। यदी तिमीलाई यतिधेरै problem छ भने तिमी बदल यो देशलाई, यो तिम्रो पनि देश हो। Politics गर , Police मा भर्ती हौ, नराम्रा कुराहरुलाई बदल्ने कोशीस गर। तर तिमी गर्दैनौ किनकी घर को सफाईमा कस्ले हात मैले गर्ने होइन त ? हिम्मत छ भने अगाडि बढ बदल यो देशको फ्युचर। "
-"केही पनि बदलदैन यो देश मा, यस्तै हुँदै आएको थियो र हुनेछ। यहाँ तिमी सुरु गर उहा तिम्रो अन्त्य हुनेछ। "

माथिका यी सम्बद चलचित्र "रङ दे बसन्ती" बाट हो। तर यस् सम्बादले आज हाम्रो देश नेपाल को युवा जमातको पनि बिचारलाई पोख्दछ। देश को लागि केही गर्नु पर्दछ भन्ने सबैलाई लाग्दछ तर के गर्ने अनी कसरी गर्ने? जहाँ कुनै {rules and regulation } मान्य हुँदैन। कसरी बुझाउने सारा नेपालीहरुलाई कि फुटेर होइन जुटेर गये मात्र देश अगी बद्छ? अझै पनि देशका युवा हरु किताब माथि किताब पढीरहेका छन, किन जबकी देश मा बिकास को दियो पनि जल्न सकेको छैन? के बिदेश गएर दोस्रा दर्जाका नागरिक हुन र अरुको लागि पसिना बगाउनु को लागि पढेका हौ त हामीले?
हिजो हाम्रो पुर्खाहरुको रगतमा विश्व बिजेता बनेको ब्रिटिश साम्रज्य आज पनि गोर्खाली सेनाको रगत माथि राजनीति गर्दैछ। भिक्तोरिया क्रस र नागरिकता दिएर हाम्रा दाजु भाईहरुलाई अझै पनि दास बनाउन चाहन्छ। अनी अन्तरिक द्वन्द र कलह का कारण हाम्रा मान्छेहरु फसिरहेका छन त्यो प्रलोभनहरु मा। गर्नु के यो देश मा जहाँ कुनै चीज को पनि भर छैन, अनी बाँकी रहेका हामी युवाहरु कोही रोजगारी को लागि देश छाडदैछौ त कोही अध्यानको नाउमा सकेसम्म यो देश नाआउनेगरी पलायन हुँदैछौ। किनकी "यो सतीले सरापेको देश हो, यहाँ केही पनि हुनेवाला छैन", म पनि भन्न वाध्य भएको छु त्यस पात्रझै।

No comments: