Friday, January 30, 2009

लभ, पर्दै परेन

लभ, पर्दै परेन

कालीले I love u, भन्दै भनिन
खैरिनीले झन, गन्दै गनिन
Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो
South Indian जस्ती Ethiyopian देख्दा नि, तेस्रो नेत्र बलेकै हो
Department बेग्लै, भेट्नै गारो
त्यस्को English नि, बुझ्नै सारो
मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन ।
अनि त के पर्नु लभ, पर्दै परेन ।।

नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छ
Class जाउँ कालो face,बाक्लो जुँगै सस्तो छ
एक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै हो
कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो
Coffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ?
जानै मानेनि चुरोट तान्नेलाई, बा'ले बुहारी कसरी भन्लान् ?
यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन ।
आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।।

Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछ
ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछ
car को त कुरै छाडौं, Bike किन्न नि डलर मरु
Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ?
दिनहुँ नुहाई zatak नै छरे नि
खौरेर दारी, सिनित्तै परे नि
English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।
अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।।

यो कबिता मलाई मेरो साथीले पठाउनु भएको हो, राम्रो ब्यङ जस्तो लाग्यो र मेरो ब्लग मा समाबेश गरेको छु।

4 comments:

डीआर न्यौपाने'सूर्य' said...

ल किरात जीको सुरुवातको आगनिमा म पनि आइपुगेछु ।धेरै यथार्त र थोरै कल्पनामा बग्ने तपाइको सुरुवातको उच्च मुल्याङकन गर्दै मित्रताको हात आगाडि बढाएको छु।आसा छ साथ पाउने छु ।

साथै मिठो ब्याङगात्मक लेख को लागि साथिलाई मुरि मुरि धन्यबाद ल ।

Anonymous said...

राम्रो कबिता | अमेरिका बस्ने धेरै नेपाली को हाल येस्तै नि हो की ?

Admin said...

साह्रै राम्रो कबिता ल्याउनु भयो किराती जी धन्यवाद । ठ्याक्कै मेरो मनको कुरा लेखिदिनुभएछ मित्रले उहालाई पनि धेरै धेरै धन्यवाद ।

Anonymous said...

If you dont mind I am using this poem to my blog.. i like this.
www.meellon.wordpress.com